नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट भेटियो

बोलन्या थली | ८ कार्तिक २०७९, मंगलवार
नेपालमा पहिलो पटक ओमिक्रोनको सबभेरियन्ट भेटियो

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरस ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी  भेटिएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलोपटक ओमिक्रोनको एक्सबीबी सबभेरियन्ट भेटिएको जनाएको हो ।

देशका विभिन्न भागहरुबाट साउन २१ गतेदेखि असोज १४ गतेसम्म विभिन्न उमेर समूहका संक्रमित व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमुनाहरुको जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिलो पटक पहिचान भएको स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका छन् ।

उक्त भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड १९ को संक्रमण बढेको देखिएको छ ।चाडपर्वका समयमाजमघट बढी हुने भएकोले कोभिड-१९ तीव्र गतिमा फैलिने सम्भावना उच्च रहेको पनि स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रायलले कोभिड संक्रमण रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेको छ ।

जनाअवजको टिप्पणीहरू