एमालेका करिब ८० प्रतिशत जनमत मसँग छन् : डा. जोशी

बोलन्या थली | २ कार्तिक २०७९, बुधबार
एमालेका करिब ८० प्रतिशत जनमत मसँग छन् : डा. जोशी

धनगढी,२ कात्तिक । डडेल्धुराको प्रदेश ‘ख’ बाट प्रदेश सभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार डा. तारा जोशीले गठबन्धनले डडेल्धुरालाई बुझन् नसकेको बताएका छन् ।

रेडियो पश्चिम टुटेसंग कुराकानी गर्दै डा. जोशीले डडेल्धुराले कस्तो व्यक्ति खोजिरहेको छ,कस्तो भिजन खोजिरहेको छ यी लगायतका कुराहरूमा गठबन्धनले बुझ्न नसकेको बताएका हुन् ।

‘अहिले पार्टी गठबन्धनमा जाँदै गर्दा गठबन्धनका नेताहरूले धेरै कुराहरूमा बिचार गर्न सकेनन् । डडेल्धुराकै कुरा गर्ने हो भने यहाँका जनताले कस्तो व्यक्ति खाजीरहेका छन् । कस्तो भिजन भएको व्यक्ति चाहेका छन्,उनले भने,‘ गठबन्धनको आफ्नै मान्यता,मर्यादा पनि के हो, गठबन्धन भनेको कहो । गठबन्धन भनेको त शक्तिको पनि त अन्सीयारी दिनुपर्ने कुरा हो नि त।’ 

उनले गठबन्धनले यहाँको जनताको भावनामा खेलबाड गर्ने उद्देश्य गरेको बन्दै आफू यहाँका जनताको सल्लाह सुझावकै आधारमा स्वतन्त्रमा उठ्नुपरेको बताए । ‘यहाँका आम जनताले मेरो पार्टी पङ्क्तिमा उभिएका सबै साथीहरूले मलाई स्वतन्त्र उम्मेदवारी दिनुपर्छ । डडेल्धुराको तपाई भिजन कन्सेप्टलाई कार्यान्वयन गर्नको लागि पहल कदमीको आवश्यक छ । उहाँहरूले भन्नुभयो, त्यस कारण मलाई उहाँहरूले नै उम्मेदवारको रूपमा खडा गर्नुभएको हो,’  उनले भने।

आफूलाई स्वतन्त्र उम्मेदवार भन्दा पनि साझा उम्मेदवारका रूपमा यहाँका जनताले लिएको जोशीको भनाई छ । ‘ मलाई एउटा स्वतन्त्र उम्मेदवार भन्नुस् या साझा उम्मेदवार भन्नुस् । धेरै जनाले मलाई साझा उम्मेदवार भन्नुहुन्छ,’ उनले भने, ‘ यो भन्दा अगाडीको निर्वाचनमा थोरै मतले पराजित हुँदै गर्दा खेरी उति वेला जित्ने व्यक्तिहरूले पनि सहयोग गर्नुभएको छ । त्यस्तै यहाँका आम नागरिकले मेरो उम्मेदवारीलाई को साथ दिनुभएको छ । त्यस्तै नेकपा एमालेका अधिकांश साथीहरूले साथ दिनुभएको छ । त्यस कारण म स्वतन्त्र भन्दा पनि बढी यहाँ साझा उम्मेदवार भनेर रुचाइएको छु ।’

डा. जोशीलाई तपाईँको प्रतिस्पर्धा को सँग रहन्छ भन्ने प्रसङ्गमा उनले शेर बहादुर देउवाको पैसा र उनका केही पैसावाल व्यक्तिसँग रहने बताए । ‘हेर्नुस् नेकपा एमालेका अधिकांश साथीहरू करिब ८० प्रतिशत जनमत मसँगै छन् । तसर्थ मेरो एमालेसँग प्रतिस्पर्धी होइन । सम्भव त काँग्रेस होला । काँग्रेस पनि व्यक्तिकै काँग्रेस होइन ।  त्यत्तिकै शेर बहादुर देउवा जी होइन । पैसा सहितको शेर बहादुर देउवा जी  । अथवा पैसा सहितको शेर बहादुर देउवा जीका पार्टीका केही व्यक्तिहरू सँग नै मेरो प्रतिस्पर्धा हो ।’

यहाँको गरिबी,अशिक्षा,बेरोजगारी लगायतका थुप्रै समस्याहरू रहेकाले यी नै समस्याहरूलाई टेकेर आफ्ना मुख्य एजेण्डाहरु रहने भएकाले यो क्षेत्रमा मैले गरेको मूल्याङ्कन,भिजनका आधारमा आफूलाई यहाँका जनताले आगामी चुनावमा निर्वाचित गर्नेमा विश्वस्त रहेको बताए ।

अहिले डडेल्धुरामा प्रतिनिधि सभामा नेपाली काँग्रेसका सभापति समेत रहेका शेर बहादुर देउवा चुनावी मैदानमा छन् । भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेस बिपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल रहेका छन् । डडेल्धुराको क्षेत्र नम्बर २ मा जोशीका प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्द बोहरा रहेका छन् ।    

जनाअवजको टिप्पणीहरू