देउवाविरुद्ध ८४ वर्षीय रावल चुनाव लड्दै

बोलन्या थली | २६ आश्विन २०७९, बुधबार
देउवाविरुद्ध ८४ वर्षीय रावल चुनाव लड्दै

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्व ८४ वर्षे कर्णसिंह रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

देशभर राजनीतिमा युवा आउनुपर्ने आवाज उठाइरहँदा डडेलधुरामा भने ७७ वर्षे देउवाविरुद्ध उनीभन्दा ७ वर्ष जेठा ८४ वर्षीय रावलको स्वतन्त्र उम्मेदवारी परेको छ ।रावल पूर्वकर्मचारी हुन् ।

रावल मालपोतमा कार्यरत रहँदा ०४९ सालमा सरुवाको सन्दर्भमा देउवासँग भेटेका थिए । तर देउवाबाट त्यसबेला सहयोग नपाएको उनको गुनासो छ। ०४८ मा चुनाव जितेका देउवा गृहमन्त्री भए, ०५१ मा चुनाव जिते, र प्रधानमन्त्री नै बने । तर देउवाले गृहजिल्लाको विकासका लागि जति पहल गर्नुपर्ने थियो, त्यति नगरेको रावलको भनाइ छ । यही विषयमा रावल रुष्ट छन् ।

०५४ सालमा उनी जागिरबाट निवृत्त भए । त्यसपछि निरन्तर डडेलधुरावासीले देउवाको विकल्प खोज्नुपर्ने सन्देश लिएर चुनावी अभियानमा लागिरहन्छन् उनी । उनले ०५६ को निर्वाचनमा पहिलो पटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
 

जनाअवजको टिप्पणीहरू