डा. तारा जोशीले दिए स्वतन्त्र उम्मेदवारी


डडेल्धुरा । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा ख मा दाबी गरे पनि टिकट नपाएपछि आइतबार डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आफ्नो सशक्त दाबी हुँदा पनि भाग नपरेपछि डडेल्धुराको प्रदेश’ख’ बाट मल्ले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एसले दाबी गरेपनि अन्तिममा डडेल्धुराको प्रदेश’ख’ गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेको थियो । नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहाराले उम्मेदवारी दर्ता गराएका छन् ।