देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने, कांग्रेस बीपीसँग तालमेल


काठमाडौँ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेले उम्मेदवारी नदिने भएको छ। डडेलधुराबाट चुनाव लड्दै आएका देउवाको क्षेत्रमा एमालेले कांग्रेस बीपीलाई सहयोग गर्ने भएको हो।
एमाले सुदुरपश्चिमका प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फाइनल गरेको छ। सबै क्षेत्रमा उम्मेदवार तोकेर पठाए पनि डडेलधुराको प्रतिनिधिसभाका लागि कुनै पनि पनि उम्मेदवार नतोकिएको हो ।
त्यहाँ कांग्रेस बीपीका उम्मेदर कर्ण मल्ललाई एमालेले सहयोग गर्नेछ।प्रदेशसभातर्फ ‘क’ का लागि पठानसिंह बोहोरा र ‘ख’ मा गजेन्द्र शाहीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।