सेती अस्पतालमा थालियो दूरबिन विधिबाट पाठेघरको अप्रेशन


धनगढी । सेती प्रादेशिक अस्पतालले दूरबिन विधिबाट पाठेघरको अप्रेशन सेवा सुरु गरेको छ । सेती प्रादेशिक अस्पतालमा टिचिङ अस्पताल महाराजगन्जबाट आएका प्राध्यापक डाक्टर पदमराज पन्त र परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका सहप्राध्यापक डाक्टर श्रीप्रसाद अधिकारीद्वारा दूरबिन विधिबाट पाठेघरको शल्यक्रिया गरिएको हो।
शुक्रबार देखि नयाँ प्रविधिबाट यो कार्यक्रम सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। हेम राज पाण्डले बताए ।
प्रदेशमै पहिलो पटक नयाँ प्रविधिबाट अप्रेशन सेवा सुरु भएकाले अस्पतालको भौतिक पूर्वाधार, अप्रेशन गर्ने कोठाहरू, विज्ञ डाक्टरहरूको जनशक्ति बढाउन सके अझ सहज हुने उनको भनाई छ ।
पेट चिरेर गर्ने अप्रेशन भन्दा यो विधिबाट अप्रेशन गर्न सहज हुने उनको विश्वास छ । यस्तै डा. श्रीप्रसाद अधिकारीले आज मात्रे पाँच जना महिलाको सो विधिबाट अप्रेशन गरिएको जानकारी दिए ।
यस विधिबाट बिरामीलाई अप्रेशन गर्दा दुखाई कम हुन, घाउ सानो हुने पछि हुने समस्याहरू कम हुने फाइदा रहेको बताए ।