आफै ढुङ्गा बोक्न हिँडे कान्छा मेयर जोशी (फोटो फिचर)
बोलन्या थली |
६ आश्विन २०७९, बिहीबार
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशी सहित स्थानीयहरू ढुङ्गा बोकी ग्याबिन जाली भर्ने कार्यमा जुटेका छन् ।
गत भदौ ३१ गते र असोज १ गते आएको अविरल वर्षाले नगरपालिकाका सरगौडा, ठण्डजला, र सिमलखेतको गाउँलाई बाढीले बगाएर बिचल्ली बनाएको थियो ।
तत्कालका लागि गाउँलाई थप क्षति हुन बाट जोगाउनका लागि उनीहरू ग्याबिन जाली भर्ने कार्यमा जुटेका हुन् । कान्छा मेयरका रुपमा समेत चिनिएका जोशीले दीर्घकालीन योजना बनाइ त्यहाँको बस्ती पुनः स्थापन गरिने बताए ।