डडेल्धुरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्ट विजयी

बोलन्या थली | २६ भाद्र २०७९, आईतवार
डडेल्धुरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्ट विजयी

डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा द्विजराज भट्ट विजयी भएका छन्। निकटमत् प्रतिद्वन्द्वी भोजराज भट्टलाई ९५ मतले हराउँदै द्विजराज अध्यक्षमा निर्वाचित भएका हुन्।

नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको थियो। आइतबार बिहान सकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित द्विजराजले ५ सय ७७ मत ल्याउदा भोजराजले ४ सय ८२ मत पाएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक महता विजयी भएका छन्। उनले ६११ मत पाउँदा निकटमत् प्रतिद्वन्द्वी लालमणि पन्तले ३९९ मत ल्याए। सङ्घको वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी  विजयी भएका छन्।

अवस्थीले ६११ मत पाउँदा उनका प्रतिस्पर्धी महादेव भट्टले ३६३ मत ल्याएका छन्। महासचिवमा विष्णुराज जोशीले विजयी भएका छन्। जोशीले ६४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी दिनेशप्रसाद पनेरुले ३६९ मत पाएका छन्। सचिव महिलामा मिना फुलारा निर्वाचित भएकी छन्।

उनी ६५७ मत ल्याउँदै विजयी भएकी हुन्। फुलाराकी प्रतिस्पर्धी लक्ष्मी ऐरले ३३४ मत मात्रै पाइन्। निर्वाचन मार्फत् ७ जना सदस्य पनि निर्वाचित भएका छन्।

हरिप्रसाद उप्रेतीले ७०६ मत, सीताराम पाण्डेयले ६९६, धर्मदेव पाण्डेयले ६७६, मोहनबहादुर देउवाले ६७२, धनबहादुर ठकुराठीले ६५१, लोकराज पाण्डेयले ६३५ र टेकबहादुर ओझा ‘भुवन’ले ६१७ मत ल्याउँदै सदस्यमा निर्वाचित भएका हुन्। सदस्यका लागि ९ जनाले चुनाव लडेका थिए। सुनिल घिमिरेले ६१३ र गणेशसिंह साँकीले ५३५ मत पाएर पराजित भए। निर्वाचनमा कूल एक हजार ८८ मत खसेको थियो।

जनाअवजको टिप्पणीहरू