देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

बोलन्या थली | २४ भाद्र २०७९, शुक्रबार
देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

धनगढी ।  नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली काँग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका छन्।

शुक्रबार डडेल्धुरामा १०९ औँ बिपी जन्म जयन्ती तथा तथा बृहत् कार्यकर्ता भेला सहित विभिन्न सम्मान कार्यक्रमको अवसरमा  मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घीय चुनावमा डडेल्धुराबाट उम्मेदवारी लड्ने घोषणा गरेका हुन्।

नेपाली काँग्रेसले उनलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै वैशाखमा नेपाली काँग्रेसको सदस्य समेत नरहने पार्टीबाट हटाइएको थियो । मल्ल दुई पटक नेपाली कांग्रेस डडेल्धुराको सभापति भएका थिए । भने २०७४ सालको प्रदेशसभाको निर्वाचनमा डडेल्धुराको ख क्षेत्रबाट निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसले पार्टीबाट निष्कासित गरेपछि मल्ल काँग्रेस बिपीमा प्रवेश गरेका थिए ।

जनाअवजको टिप्पणीहरू