डडेल्धुरा एसले गर्‍यो उम्मेदवारको नाम सिफारिस, प्रदेश ‘ख’मा जोशी सर्वसम्मत

बोलन्या थली | १३ भाद्र २०७९, सोमबार
डडेल्धुरा एसले गर्‍यो उम्मेदवारको नाम सिफारिस, प्रदेश ‘ख’मा जोशी सर्वसम्मत

डडेल्धुरा । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले उम्मेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला सदरमुकाममा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम प्रदेश कमटीलाई सिफारिस गरेको हो।

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराका सचिव भुवन पाठकका अनुसार प्रतिनिधि सभाका लागि निरा जैरु, कविन्द्र विष्ट, नरबहादुर बिष्ट, सकुन्तला नगरकोटी र धर्म ताम्राकारको नाम सिफारिस गरिएको छ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ का लागि प्रेम साउद, कमला धामी र जयन्ती सारुमगरको नाम सिफारिस गरिएको पाठकले जानकारी दिए। प्रदेश ‘ख’का लागि भने डाक्टर तारा जोशीको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको पार्टीका सचिव पाठकले बताए।

गठबन्धनमा आवद्ध एकीकृत समाजवादीले डडेल्धुरामा माग गरेको क्षेत्र पनि प्रदेश ‘ख’ नै हो। यस्तै प्रदेशका लागि सामानुपातिकतर्फ भने लक्ष्मी कामी र जयन्ती बुढाऐरको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ।

जनाअवजको टिप्पणीहरू