देउवा माथि यसरी खनिए कर्ण मल्ल

बोलन्या थली | ३० श्रावण २०७९, सोमबार
देउवा माथि यसरी खनिए कर्ण मल्ल

धनगढी । नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले  नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिमेली जनताको भावनामाथि कहिले पनि अघि बढ्न नसकेको बताएका छन् । 

बोलन्या थली धनगढीको सेटमा बोल्दै उनले सुदूरपश्चिमेली जनताको लागि कुनै सिन्को भाँच्न नसकेको टिप्पणी गरेका छन् । पटक पटक चुनाव लड्दा खेरी बोलेका तिनै एजेण्डाहरूलाई अहिले पनि मुख्य एजेण्डा बनाइरहेको बताए ।

 ‘२०५१ सालमा दोस्रो पटक  चुनावमा उठ्नु भएको थियो । त्यसको अभियानको अभियान कार्यकर्ता पनि थिए । उहाँले डडेलधुराका हरेका गाँउगाँउमा भन्नुभयो । त्यही कुरा निरन्तर गत वैशाख ३० गते सम्पन्नको स्थानीय निर्वाचन सम्म ल्याउनुभयो । पश्चिम सेती बन्छ, यहाँ कोही बेरोजगार बन्दैनन्, कोही गरिबी हुँदैनन् । त्यही कुरा उनले भने यो गर्दा गर्दा शेरबहादुर देउवाले यसरी ढाँटी रहनुपरेको छ । त्यो शेर बहादुर देउवाको मात्रै जिल्ला होइन । उहाँ अहिले सत्तामा हुनुहुन्छ । प्रधानमन्त्री हुनुहुन्छ ।  नेपालको सबै भन्दा नागरिकको रुपमा आज हुनुहुन्छ । तर पनि उहाँले आफ्नो सम्पत्ति किन सार्वजनिक गर्नुहुन्न ।’ किन जनतालाई ढाँटी रहनुपरेको छ भन्दै प्रश्न गरे ।

उनले अब प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानविको लागि सबैले खबरदारी गर्नुपर्ने बताए। अबको चुनावमा  शेरबहादुर देउवालाई विस्थापित गर्नुपर्ने बताए ।

‘डडेलधुरामा चुनाव लड्दै गर्दा उहाँले डडेलधुरामा राम्रो बसर्पाक बनाइदिन्छु, सभा कक्ष निमार्ण गरिदिन्छु , डडेलधुरालाई राजधानी बनाइदिन्छु भने । अबको चुनावमा कहाँबाट चुनाव लड्नुहुन्छ त्यो त अहिले घोषणा भएको छैन् । अबको चुनावमा उहाँ जहाँ चुनाव लड्नुहुन्छ  । अब म मुलुककै राजधानी यहाँ बनाइदिन्छु मलाई भोट गर्नुस् सातौँ पटकका लागि भन्न बेर छैन्,’उनले भने,‘त्यस कारणले यती स्कलित व्यक्ति, जनप्रतिनिधिलाई फेरि यहाँका जनताले उहाँलाई विस्थापन गर्न बाहेक अर्को कुनै विकल्प छैन् ।’ 

यस्तै उनले सुदूरपश्चिमकी चेली निर्मला पन्तको अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी रहेको बताए । ‘निर्मला पन्तजस्ता सुदूरपश्चिममा १३ वर्षीया नाबालिका बलात्कार भएर हत्या हुँदै गर्दा खेरि सरकारले सरकारलाई पीडा भएन,’ उनले भने, ‘यतिका दिन बित्यो तर यो समाजलाई, घर परिवारलाई पीडा भयो। तर, जनताका प्रतिनिधि हुँ भन्नेहरूलाई भएन ।’

अब सुदूरपश्चिमका जनताले उनीहरूलाई जनप्रतिनिधि हुन लायक छैनौँ भनेर भन्नुपर्ने अवस्था आएको उनको भनाइ छ । यस्तै मल्लेले शेर बहादुर देउवाका गल्तीहरू तथ्य प्रमाण सहित देउवाकै आम सभामा राख्न सक्ने चेतावनी दिए ।

‘उहाँको जन्म स्थान रुवाखोलाको अशिग्रामको थलोदेखि पशुपतिनाथ रहेको काठमाडौँ र झापासम्म जुनसुकै आमसभामा सानेपा काँग्रेसले आयोजना गरेको आम सभामा । म तथ्य प्रमाण सहित यी आवाजहरू राख्न तयार छु । यदि शेर बहादुर देउवाले मैले उठान गरेका यी कुराहरू एउटा पनि गलत हो भनेर प्रमाणित गर्नुभयो भने  म आजीवन यो देशबाट वंशजको आधारमा लिएको नागरिकता जलाएर मैले जीवनमा यती सम्पूर्ण गलत गरेको रहेछु , मैले ३३ वर्ष राजनीति गरेर शेरबहादुर देउवाले नेतृत्व गरेको काँग्रेसमा मैले केही गलत गरेको छु भने  म सार्वजनिक रुपमा स्वीकार गर्न तयार छु,’ उनले भने ।  

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका निवर्तमान जिल्ला सभापति मल्ललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । मल्लले विधान विपरीत गतिविधि गरेको भन्दै नेपाली काँग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाइएको थियो ।  

जनाअवजको टिप्पणीहरू