जीवित हुन्जेल निर्मलाको न्यायका लागि लड्छु : रवि लामिछाने
कञ्चनपुर । पूर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले निर्मला पन्तको न्यायका लागि आफू जीवित हुन्जेल सम्म लडी राख्ने दाबी गरेका छन् ।
पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्न महेन्द्रनगर पुगेका लामिछानेले स्वर्गीय निर्मला पन्तकी आमा दुर्गा पन्तलाई भेट्दै यस्तो दाबी गरेका हुन् । लामिछानेले दुर्गा पन्तलाई भेट्दै भने चिन्ता नगर्नुहोस्, “मैले बाटो फेरेको मात्र हुँ, बाचा फेरेको छैन । आफू जीवित हुन्जेल निर्मलाले न्याय पाउने आशलाई अन्त्य हुन दिने छैन । यसै पाली नेतृत्व गरेर ,अपराधीलाई सजाय नदिलाई आराम गरेर बस्ने छैन ।”
यता राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेलाई कञ्चनपुरका पत्रकार खेम भण्डारीले कञ्चनपुर(३ बाट संसदीय निर्वाचनको उम्मेदवार हुन सुझाव दिएका छन्। भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेलाई कञ्चनपुर ३ बाट उम्मेदवारी दिन सुझाएका हुन्। निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि लामिछानेको भूमिका गलत रहेको ठहर गर्दै उनले आत्मरक्षा गर्नुपर्ने पनि बताएका छन्।
भण्डारीले लामिछानेलाई अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न गर्नसमेत आग्रह गरेका छन्। कञ्चनपुर(३ निर्मला पन्तको हत्या भएको क्षेत्र हो।
‘निर्मलाको न्याय–हरणको राज्य षडयन्त्रमा तपाईँको भूमिकाबारे छातीमा हात राखेर आत्मरक्षा गर्नु होला। अपराधी र मतियारको पक्षमा आफूले भूमिका गरेको स्विकार्न सक्नु भयो तपाइको राजनीतिक यात्रा उज्यालो हुनेछ। त्यस्तो अनुभूति भयो भने तत्कालीन उखुबारीमा गएर क्षमा याचना गर्नु होला’ उनले लेखेका छन्, ‘आफू अझै पनि सही र सत्य छु भन्ने लाग्छ भने कृपया कञ्चनपुर–३ बाटै आफ्नो संसदीय यात्रा सुरु गर्ने साहस गर्नु होला।’ केही दिन अघि भण्डारीले लामिछानेसँग निर्वाचनमा होमिने उद्घोष गरेका थिए। निर्मला पन्तको २०७५ साल श्रावण १० कञ्चनपुरको महेन्द्रनगरमा बलात्कार गरी हत्या गरेको थियो । हत्या भएको ४ वर्ष हुँदा समेत अपराधी पत्ता लागेको छैन ।