अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले श्रीमतीलाई दिए भान्सेको नियुक्ति

बोलन्या थली | १५ श्रावण २०७९, आईतवार
अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले श्रीमतीलाई दिए भान्सेको नियुक्ति

अछाम,१५ साउन । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्सेमा नियुक्त गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्से बनाएका हुन् ।

अध्यक्ष साउदको सिफारिसमा जयसरालाई करारमा नियुक्ति दिइएको गाउँपालिकाले जनाएको छ । नियुक्तिपत्रमा गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । जेठ १५ गतेदेखि लागु हुने गरी ६ महिनाको करार सम्झौता गरिएको भण्डारीले बताए ।

करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।

भान्सेका रूपमा नियुक्त गरिएकी जयसरा समितिहरूको अनुगमनमा पनि जाने करार सम्झौतामा उल्लेख छ । यसरी अनुगमनमा जाँदा उनले दैनिक भत्ता बेग्लै पाउनेछिन् । कार्यालय कामको सिलसिलामा कुनै भ्रमणमा जाँदा भ्रमण खर्च भुक्तानी दिने गरी सम्झौता भएको छ ।

जनाअवजको टिप्पणीहरू