गन्यापधुरा २ का किसानलाई तरकारीको बिउ तथा कृषि सामाग्री वितरण

बोलन्या थली | २ श्रावण २०७९, सोमबार
गन्यापधुरा २ का किसानलाई तरकारीको बिउ तथा कृषि सामाग्री वितरण

डडेल्धुरा : गन्यापधुरा २ का बिपन्न तथा दलित परिवारलाई तरकारीको बीउ तथा कृषि सामाग्री वितरण गरिएको छ । गन्यापधुरा गाउँपालिका र यूएनडिपी सिड्स नेपालको साझेदारीमा गन्यापधुरा २ स्थित बामुन गाउँ, रिठा, थापली र मैलोडाका विपन्न तथा दलित परिवारलाई तरकारीको बीउ र कृषि सामाग्री वितरण गरेको हो ।

गन्यापधुरामा संचालित हरित उत्थनशिलता तथा कोभिड प्रतिकार्य परियोजना अन्तर्गत गरिव, बिपन्न तथा दलित समुदायका ३२० परिवारलाई लक्षित कार्यक्रम अन्तरगत तरकारी खेती प्रवर्द्धनका लागी आइतबार गन्यापधुरा २ स्थित बामुन गाउँ, रिठा, थापली र मैलोडाका विपन्न तथा दलित परिवारलाई बर्खे तरकारी (काउली, टमाटर, बन्दा, मुला,रायो र धनिया ) र कृषि सामाग्री वितरण गरिएको सिड्स नेपालका कार्यक्रम संयोजक देविलाल उपाध्यायले बताए।

बेमौसमी तरकारी प्रवर्द्धन मार्फत आम्दानी वृद्धि गरी व्यावसायिक खेतीमा रुपान्तरण गर्ने उदेश्यका साथ ६० परिवारलाई प्रती परिवारलाई बर्खे तरकारी (काउली, टमाटर, बन्दा, मुला,रायो र धनिया )को बीउ, माटो उपचार बिषादी ५०० ग्राम, नर्सरी प्लास्टिक १ केजी, हजारी ५ लिटर, स्प्रेय ट्यान्की ८ लिटर, झोलमोल ड्रम १ पिस, थोपा सिचाइ सेट, गार्डेन पाईप एक रोल २० मिटर , स्प्रीङ्ग कल १ पिस, प्लास्टिक टर्नेल १ वटा गरि आवश्यक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिए ।

उक्त कार्यक्रमबाट कृषकलाई खेतिपाती गर्न दैनिक रुपमा सहज हुने, उत्पादनमा लाग्ने लागतमा कमि हुने, उत्पादनमा वृद्धि हुने र प्रती परिवारले बार्षिक रुपमा १ लाख ५० भन्दा बढी आम्दानी गर्न सक्ने परियोजनाको अपेक्षा रहेको सिड्स नेपालकी अध्यक्ष शारदा रावलले बताइन् ।

उक्त हस्तान्तरण कार्यक्रममा गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र कार्की, उपाध्यक्ष ज्ञानु सेटि देउवा, वडा नं २ नम्बरका वडाध्यक्ष मनोज देउवा, सिड्स नेपाल कार्यक्रम संयोजक देबिलाल उपाध्याय रहेका थिए ।

जनाअवजको टिप्पणीहरू