साढे दुई महिनापछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बोलन्या थली | १ श्रावण २०७९, आईतवार
साढे दुई महिनापछि नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार (साउन १) नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो।

अधिकारीले धेरै अन्तरालपछि कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।अधिकारीका अनुसार फागुनको पहिलो र दोस्रो साता कोरोना संक्रमित बिरामीको मृत्यु हुने दर उच्च रहे पनि पछिल्लो समय घटेको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।३ हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। ५९ जना संक्रमित निको समेत भएका छन्। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्।

जनाअवजको टिप्पणीहरू