डडेल्धुराका स्थानीय तहमा ८ करोड बढी बेरुजु

बोलन्या थली | ३० असार २०७९, बिहीबार
डडेल्धुराका स्थानीय तहमा ८ करोड बढी बेरुजु

डडेल्धुरा । डडेल्धुराका सातवटा स्थानीय तहमा ८ करोड बढी बेरुजु आएको छ। महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा डडेल्धुराका सात स्थानीय तहमा ८ करोड ४७ लाख ७२ हजार बेरुजु देखिएको हो।

जिल्लामा रहेका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा रहेको छ। अमरगढीको बेरुजु २ करोड ६३ लाख २८ हजार रहेको छ।

त्यसपछि सबैभन्दा बढी आलिताल गाउँपालिकाको बेरुजु २ करोड १८ लाख ८१ हजार रहेको छ। भागेश्वर गाउँपालिकामा १ करोड ५३ लाख ५८ हजार बेजुरु देखिएको छ।

यस्तै, परशुराम नगरपालिकामा ६६ लाख ५१ हजार, अजयमेरु गाउँपालिकामा ५८ लाख ५८ हजार र गन्यापधुरा गाउँपालिकामा ४९ लाख ३९ हजार बेजुरु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा कम बेजुरु नवदुर्गा गाउँपालिकाको रहेको छ। नवदुर्गाको बेजुरु ३७ लाख ५७ हजार रहेको छ।

जनाअवजको टिप्पणीहरू