सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत

बोलन्या थली | २९ असार २०७९, बुधबार
सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण मल्लको राजीनामा स्वीकृत भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकबाट सभामुख अर्जुनबहादुर थापाले उनको राजीनामा स्कीकृत गरेका हुन ।

मल्लको राजीनामा पत्र सभामुख थापाले बुधबारको बैठकमा सुनाएका थिए ।उनले आफू काँग्रेसको टिकटबाट डडेल्धुरा १ को ख बाट निर्वाचित भएको तर काँग्रेसले आफूलाई साधारण सदस्यबाट हटाएको कुरा अनलाइनबाट हटाएको थापा पाएपछि पदबाट राजीनामा दिएको सो पत्रमा उल्लेख गरेका छन् ।

जनाअवजको टिप्पणीहरू