छाउपडीको विषयवस्तुलाई समेटिएको देउडा गीत ‘लिलु’ सार्वजनिक

बोलन्या थली | २७ असार २०७९, सोमबार
छाउपडीको विषयवस्तुलाई समेटिएको देउडा गीत ‘लिलु’ सार्वजनिक

धनगढी । सुदूरपश्चिममा व्याप्त रहेको छाउपडीको विषयवस्तुलाई समेटिएको ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक गरिएको छ । आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

सुदूरपश्चिमको भाषा र भेषभूषा समेटिएको सो गीतमा चर्चित देउडा गायिकाद्वय रेखा जोशी, गौरी भट्टसँगै ‘सराङकोटको डाँडैमा’ फ्रेम्ड बालगायिका पूजा देवकोटा, गायक रोहित देउवाको स्वर रहेको छ । यस्तै शब्द गौरव गिरी र एलपी शर्माले कोरेका हुन् ।

रोहित देउवाको संगीत रहेको गीतमा एचबीएन किस्मतको संगीत संयोजन छ । गौरव गिरीको कथा एवं निर्देशनमा भिडियो तयार भएको हो । गीतको अडियो र भिडियो दुवै मार्मिक लाग्छ । भिडियोमा बालगायिका पूजा देवकोटा, चर्चित मोडल रोशनी कार्कीसँगै एलपी शर्मा, भद्रजंग कुँवर, मुकेश सुनारलगायतका कलाकारहरूको अभिनय छ ।

सुदूरपश्चिम तथा मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा कु–प्रथाका रूपमा विद्यमान रहेको छाउपडी प्रथाको चित्रण गीत र भिडियोले गरेको छ । भिडियोमा महिनावारी भएपछि छाउगोठमा राख्नेदेखि उनीहरूले भोग्नुपरेका समस्या र त्यसबाट घट्ने अप्रिय घटनालाई भिडियोमा देखाइएको छ । वसन्त कुवँरले छायाँकन गरेको भिडियो बलभद्र कुवँरको सम्पादनपछि सार्वजनिक गरिएको हो ।

जनाअवजको टिप्पणीहरू