नौ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’

बोलन्या थली | २२ असार २०७९, बुधबार
नौ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’

धनगढी । धनगढीमा प्रशिक्षण गरी रहेका नौ जना प्रहरी प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ । अत्यधिक गर्मीमा दौडेका कारण उनीहरुलाई हिट स्ट्रोक भएको हो । उनीहरुसुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमरत छन् । 

अत्यधिक गर्मीको बेला १० किलोमिटर दौडको क्रममा प्रहरी प्रशिक्षार्थीलाई हिट स्ट्रोक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

उनीहरुमा बेहोस हुने, ज्वरो आउने, रक्तचाप कम हुने जस्ता समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । बढी गर्मीमा दौडेका कारण यस्तो समस्या आएको सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष इन्चार्ज भरत खातीले बताए ।

उनका अनुसार उपचारपछि सात जना डिस्चार्ज भइसकेका छन् । उनीहरुको अवस्था सामान्य रहेको  छ । तर, अलि बढी समस्या भएका दुई जनालाई भने आइसीयुमा राखेर उपचार भइरहेको खातीले बताए । 

जनाअवजको टिप्पणीहरू