धनगढीका मेयर हमालद्धारा आफ्नो सुविधाको रकम गौशालालाई प्रदान


धनगढी :धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले जेठ महिनाको सुविधाको रकम गौशालालाई प्रदान गरेका छन्।
प्रमुख हमालले जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका हुन्।
विज्ञापन
अउ
यस अघि नै उपमहानगरको कुनै सेवा सुविधा उपभोग नगर्ने सार्वजनिक घोषणा गरेका हमालले जेठ महिनाको सुविधाको रकम गौशालालाई हस्तान्तरण गरेका हुन्। हमालले उपमहानगरपालिकाबाट पाउने रकम विभिन्न सामाजिक संस्थालाई प्रदान गर्ने बताएका छन्।