कञ्चनपुरका तीन जनाको चट्याङ परी ज्यान गयो

बोलन्या थली | १४ असार २०७९, मंगलवार
कञ्चनपुरका तीन जनाको चट्याङ परी ज्यान गयो

कञ्चनपुर । कञ्चनपुरका तीन जनाको चट्याङ परी ज्यान गएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको चट्याङ परी मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्न गएका उनको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो ।

यस्तै पुनर्वास नगरपालिकाकै ८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापाको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताए। यस्तै मंगलबार बिहान पुनर्वास नगरपालिका ६ का एक जना पुरुषको पनि चट्याङकै कारण मृत्यु भएको थियो ।

जनाअवजको टिप्पणीहरू