गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी जोशीलाई
बोलन्या थली |
९ असार २०७९, बिहीबार
धनगढी ।राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी दिइएको छ ।
ट्रमा सेन्टरबाट सरुवा गर्दै जोशीलाई गेटा मेडिकल कलेजमा सरुवा गरेको हो । जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समयसम्म काम गरेका थिए।
सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ ।


