संसदमा उठ्यो पश्चिम सेती भारतलाई दिने निर्णयमाथि प्रश्न

बोलन्या थली | २९ जेष्ठ २०७९, आईतवार
संसदमा उठ्यो पश्चिम सेती भारतलाई दिने निर्णयमाथि प्रश्न

काठमाडौं : सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतको सरकारी कम्पनीलाई दिने निर्णयमाथि प्रश्न उठाएका छन् ।

आजको प्रतिनिधिसभामा बोल्दै उनले ७५० मेगावाट क्षमताको आयोजना भारतीय कम्पनीलाई प्रतिस्पर्धाबिना दिनुको औचित्य खोजेका हुन्।

‘बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धा बिनै चीनलाई दिइएको भन्दै खोस्ने प्रधानमन्त्रीले पश्चिम सेती निर्माणको जिम्मेवारी भारतलाई दिनुअघि बोलपत्र आह्वान भयो ?,’ रावलले प्रश्न गरे । यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता भएको ८ वर्ष वितिसक्दा पनि पटक–पटक म्याद थपिराख्न नमिल्ने रावलको भनाइ छ ।

जनाअवजको टिप्पणीहरू