राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

बोलन्या थली | १४ जेष्ठ २०७९, शनिबार
राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् ।

गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गरेकी छन् ।

जनाअवजको टिप्पणीहरू