पारिश्रमिकको रकम स्वास्थ्यसेवा र गरिव विद्यार्थीको पढाईमा खर्चिने वडाध्यक्ष भट्टको घोषणा

बोलन्या थली | ११ जेष्ठ २०७९, बुधबार
पारिश्रमिकको रकम स्वास्थ्यसेवा र गरिव विद्यार्थीको पढाईमा खर्चिने वडाध्यक्ष भट्टको घोषणा

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा ४ का नवनिर्वाचित वडाध्यक्ष नरेश भट्टले पारिश्रमिकको केही रकम गरिव,दलित,पिडित, सहाय जेहेन्दार, विद्यार्थीको पढाईमा खर्चिने घोषणा गरेका छन् ।

वडाध्यक्षमा निर्वाचित भएपछि भट्टले वडामा रहेका विद्यालयमा पारिश्रमिकको केही रकम गरिव,दलित,पिडित, सहाय जेहेन्दार, विद्यार्थीको पढाईमा खर्चिने घोषणा हुन् ।

पारिश्रमिकको रकमबाट वडामा गरिव,दलित,पिडित, सहाय जेहेन्दार, विद्यार्थीको पढाईमा खर्चिने, ३/३ महिना घरघरमा निस्शुल्क स्वास्थ्य परिक्षण तथा चेकजाँच गर्ने प्रतिबद्धता जनाएका छन् । गरिव बिपन्न परिवारलाई केन्द्रित गरेर वडाभित्र विद्यार्थीको पढाईमा रकम खर्चिने र घरघरमा निस्शुल्क स्वास्थ्य शिबिर अभियान लागू गर्ने नवनिर्वाचित वडाध्यक्ष भट्टले बताए ।

यस्तै ५ बर्ष भित्र आफुले प्राप्त गरेको मत बराबर बृक्षारोपन गर्ने प्रतिबद्धता जनाएका छन् । वडाध्यक्षमा पाएको ६ सय ४१ मतले बराबरको बोटबिरुवा रोप्ने घोषणा गरेका हुन् ।

भट्ट नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । भट्ट ७ औं जिल्ला अधिवेशनमा नेपाली कांग्रेस डडेल्धुराको निर्वाचित जिल्ला कार्य समिति सदस्य पनि हुन् ।

जनाअवजको टिप्पणीहरू