धनगढीका वृद्धवृद्धालाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा दिने निर्णय


धनगढी : धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा पाउने भएका छन् । मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएपछि यहाँका जेष्ठ नागरिकले सो सेवा पाउने भएका हुन् ।
उपमहानगरपालिकामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरिएको छ ।
उनीहरुलाई निजी अस्पतालमा निःशुल्क ओपीडी सेवासँगै औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निर्णयमा उल्लेख छ ।