गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बोलन्या थली | ३१ बैशाख २०७९, शनिबार
गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

डडेल्धुरा ।  प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गन्यापधुराले जनाएको छ।यता गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा भने नेपाली कांग्रेस पराजित भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बिपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिन्ह कांग्रेस बिपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।

काङ्ग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काङ्ग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा करुवा र नेकपा (एमाले)बिच चुनावी तालमेलसमेत गरेको थियो ।

जनाअवजको टिप्पणीहरू