प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित


डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बिपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो। ‘करुवा’ चुनाव चिन्ह कांग्रेस बिपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्।
काङ्ग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काङ्ग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा करुवा र नेकपा (एमाले)बिच चुनावी तालमेलसमेत रहेको छ।