इन्द्र कार्कीको राजनीति यात्रा : विद्यार्थी राजनीति हुँदै गाउँपालिका प्रमुखको दौडमा
डडेल्धुरा : डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका २ स्थित सुतारीगाउँमा बुवा तेज कार्की र आमा सरस्वती देवी कार्की बाट वि.सं. २०३७ फाल्गुन ०४ मा जन्मनु भएका इन्द्र कार्की नेविसंघको विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएका उनी गन्यापधुराको २ वडाध्यक्ष हुँदै गाउँपालिका प्रमुखको प्रतिस्पर्धाको मैदानमा रहेका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँपालिका समेत रहेको गन्यापधुरामा राजनिती यात्रा र राजनितीक प्रतिष्ठाले धेरैको चासो र चर्चा पाउने गरेको छ । विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका कार्की बि.स.२०५२ मा गणेश माबी बडालको नेविसंघ इकाई सचीवबाट राजनीति सुरु गरेका थिए ।
त्यसपछि भक्तपुरको सानोठिमी क्याम्पसको इकाई सदस्य हुँदै ३ बर्ष नेविसंघको केन्द्रिय कार्यालयको सचिव र ३ बर्ष मुख्य सचीव बने । बि.स. २०६७ साल पार्टीको जिम्मेवारी लिदै साबिक गणेशपुर गाउँ कमिटीको उपसभापति हुँदै २०७२ मा गणेशपुर गाउँ कमिटीको सभापति भएर जिम्मेवारी निर्वाह गरे ।
शिक्षाशास्त्रमा स्नातक गरेका कार्की २०७४ सालमा स्थानीय तहको निर्वाचनमा गन्यापधुरा २ को वडाध्यक्षमा काङ्ग्रेसबाटै निर्वाचित भए । बि.स. २०७८ मा काङ्ग्रेस १४ औं महाधिवेशन तथा पालिकाको प्रथम अधिवेशनमा गाउँपालिकाको निर्वाचित सभापति बन्न सफल भए ।
विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल र प्रखर बनाउनु भएका कार्की बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसबाट प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।