डडेल्धुरा काँग्रेसका पूर्व सभापति मल्ल पार्टीबाट निष्कासित

बोलन्या थली | १३ बैशाख २०७९, मंगलवार
डडेल्धुरा काँग्रेसका पूर्व सभापति मल्ल पार्टीबाट निष्कासित

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्काशित भएका छन् ।

डडेल्धुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो । १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेल्धुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो ।

त्यसयता असन्तुष्ट रहेका मल्लले आफुनिकट नेता कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेलधुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् ।

मल्लले कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारवाही गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिए ।   

No description available.

जनाअवजको टिप्पणीहरू