अत्तरिया चौकमा ठडियो महेन्द्रको सालिक

बोलन्या थली | ६ बैशाख २०७९, मंगलवार
अत्तरिया चौकमा ठडियो महेन्द्रको सालिक

अत्तरिया : २०६२/०६३ सालको जनआन्दोलनको भीडले तोडफोड गरेको पूर्व–पश्चिम राजमार्गको अत्तरियामा रहेको स्व. राजा महेन्द्रको सालिक पुनःस्थापना गरिएको छ ।

सालिकको सोमबार एक कार्यक्रमका बीच श्री लोमस गिरी महाराजले अनावरण गरेका छन । सालिक अनावरण अघि बाजागाजा सहितको ¥यालीले नगर परिक्रमा गरेका थिए । तत्कालीन राजा स्व. वीरेन्द्र वीरविक्रम शाहले २०४३ साल फागुन ७ गते राजा महेन्द्रको सालिकको अनावरण गरेका थिए ।

झण्डै डेढ दशकपछि त्यही ठाउँमा उनै राजा महेन्द्रको सालिक पुनःस्थापना गर्न सबै राजनीतिक दल आवद्ध युवा, स्थानीय कार्यकर्ताहरू एकबद्ध भएर जुटेका थिए । कांगेस कैलालीबाट पूर्वमहाधिवेशन प्रतिनिधिसमेत रहेका व्यवसायी युवा हरि भट्टराईको नेतृत्वमा रहेको युवाहरुको टिमले सालिक पुनःस्थापनाका लागि समिति बनाएर काम थालेका थिए ।

२१ सदस्यीय सालिक पुनर्निर्माण समितिमा एमाले, राप्रपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका आस्थावान कार्यकर्ताहरु रहेका छन ।

जनाअवजको टिप्पणीहरू