आफ्नै मन्त्री पद गएको दुई दिनपछि थाहा पाएपछि…
बोलन्या थली |
२७ चैत्र २०७८, आईतवार
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनको भएको दुई दिनपछि मात्रै जानकारी पाएको एक मन्त्रीले बताएका छन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले फिर्ता बोलाएका आर्थिक मामिला मन्त्री तारा लामा तामाङले आइतबार मात्रै आफूले मन्त्रिपरिषद्मा गरिएको हेरफेरबारे जानकारी पाएको बताएका छन्।
‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलमा हेरफेर भयो रे भन्ने सुनियो त,’ उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सहित लेखेका छन्।
एकीकृत समाजवादीले गत शुक्रवार आफ्नो पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका तीन मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आर्थिक मामिला मन्त्री तारा लामा तामाङलाई फिर्ता बोलाइएको थियो।


