चैत २६ गते ‘मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२’ हुने

बोलन्या थली | १८ चैत्र २०७८, शुक्रबार
चैत २६  गते ‘मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२’ हुने

‘अब धनगढी दौडिन्छ’  भन्ने मूल नाराका साथ चैत २६  गते ‘मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२’ हुने भएको छ । 

नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा ‘अब धनगढी दौडिन्छ’ को आठौँ संस्करण हुन लागेको आज आयोजक धनगढी जेसीजले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगिताका संयोजक महेश्वर ओझाले प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता आयोजना गरिन लागेको बताए ।धनगढी रङ्गशालाबाट सुरु हुने दौड प्रतियोगितामा  म्याराथनको खुला दौडका अन्तरगत २१.१ किमी दौड प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार तिन सय ३३ र तृतीयलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।

यस्तै कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।

महिला तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक ओझाले जानकारी दिए ।

विद्यार्थी तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको  छ ।

यस्तै टाई साइकल रेस पनि गरिने जानकारी दिएका छन् । टाई साइकल रेसमा सहभागीलाई सम्मान सहित पुरस्कार दिइने जनाएको छ ।

हाफ म्याराथनमा सहभागी हुनेलाई  विद्यार्थीलाई २ सय र अन्यको लागि ३ सय रुपैयाँ आवेदन शुल्क कायम गरिएको छ । धावकमा सहभागीमध्ये गोला प्रथाबाट एक जनालाई आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

जनाअवजको टिप्पणीहरू