सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन, यी कलाकार आउँदै


धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज तेस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने भएको छ ।
बम
आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार आज गायक चक्र बम, चेतन बोहरा, मोडेल रुबिना अधिकारी र सितल शर्मा मुख्य आर्कषण रहेका छन् । राति ८ बजेसम्म सञ्चालन हुने महोत्सव महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा जारी महोत्सवमा हिजो दोस्रो दिन गायिका रचना रिमाल,रेखा जोशी र गायक चेतन बोहराले आफ्ना प्रस्तुति दिएका थिए । हरेक वर्ष मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म आयोजना हुने महोत्सव कोभिड-१९ का कारण विगत दुई वर्षदेखि हुन सकेको थिएन ।
२०६३ सालदेखि कैलाली उद्योग वाणिज्य सङ्घले मङ्सिर २२ गतेदेखि पौष २ गतेसम्म महोत्सवको आयोजना गर्दै आइरहेकोमा कोभिड-१९ का कारण यो पटक चैत्र १० देखि २० गतेसम्म आयोजना गरिएको हो ।