सुदूरपश्चिम महोत्सवमा पश्चिम सेतीका लागि प्रतिबद्धता शेयर सङ्कलन हुने
बोलन्या थली |
९ चैत्र २०७८, बुधबार
धनगढी : सुदूरपश्चिम महोत्सवमा पश्चिम सेतीका लागि प्रतिबद्धता शेयर ( प्रोमिस आइपिओ) सङ्कलन हुने भएको छ ।
भोलि चैत १० देखि सुरु हुने महोत्सवमा बोलन्या थलीले स्टल न. ११ मार्फत प्रतिबद्धता शेयर सङ्कलन हुने भएको हो । वित्तीय व्यवस्थापनका लागि स्वदेशी लगानी नै उत्साही छ भनेर सरकारलाई रचनात्मक सन्देश दिन यो अभियान चलाएको थलीका संयोजक यादव जोशीले बताए ।
‘वित्तीय व्यवस्थापनका लागि स्वदेशी लगानी नै उत्साही छ भनेर सरकारलाई रचनात्मक सन्देश दिन यो अभियान चलाएका हौ,’ उनले भने, ‘पश्चिम सेती जलविधुत निमार्ण गर्न सरकारलाई दबाब दिने यो बोलन्या थलीको सदाबहार स्थायी मुद्दा हो । यस अघि पनि हामीले थुप्रै रचनात्मक कार्यक्रम सम्पन्न गरिसकेका थियौँ । अब पश्चिम सेती जलविधुतलाई आफ्नै लगानीबाट बनाउनुपर्छ भनेर यो साङ्केतिक अभियानमा सञ्चालन गरेका छौँ । सबैले फाराम भरि साथ दिनुहोला ।’
कैलाली उद्योग बाणीज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सव चैत २० गतेसम्म सञ्चालन हुनेछ ।


