डडेल्धुरा ईस्पीकिङग आइडल २०७८ सम्पन्न, नीराजन द्वारिका प्रथम


डडेल्धुराः डडेल्धुरा ईस्पीकिङग आइडल २०७८ सम्पन्न भएको छ ।
अमरगढी नगरपालिकाको निर्माण व्यवसायी सङ्घको हलमा ईस्पीकिङग आइडल सम्पन्न भएको थियो ।
खबरदारी न्युजको आयोजना, शिखर बहुउद्देश्य विकास समाज सह आयोजनामा र बोलन्या थलीको प्रवर्द्धनमा रहेको थियो ।

ईस्पीकिङग आइडल साथै पालिकामा पालिका आइडल भएका थिए । पालिका आइडलबाट ४ जनाका दरले छनौट गरिएको थियो । डडेल्धुराको पर्यटन विकासमा हाम्रो भूमिका शीर्षकमा भएको ईस्पीकिङग आइडलमा प्रथम नीराजन द्वारिका भएका थिए भने द्धितीय निशा कार्की तृतीयमा ज्योति पुजारा र चौथोमा ले स्थान हासिल गरेका थिए ।

विजेताहरूले प्रथम पुरस्कार रु १५ हजार १५ , द्धितीय रु १० हजार १०, तृतीय रु २ हजार ५ सय २५ र चौथोले रु १ हजार १० प्राप्त गरेका छन् । उक्त पुरस्कारको रकम समाजसेवी विनय प्रकाश मल्लले सहयोग गरेका थिए ।
जिल्लाको समग्र विकासका लागि विद्यार्थीहरू मार्फत जानकारी गराउनुको साथै, विद्यार्थीहरुको नेतृत्व विकासका लागि यस कार्यक्रमले भूमिका खेल्ने हिक्मत मालीले जानकारी दिए ।
कोरोनाले २ वर्ष सम्म विद्यार्थीहरूका लागि अतिरिक्त किृयाकलाप नभएकाले यस कार्यक्रमले विद्यार्थीहरूलाई प्रेरित गर्ने छ । कार्यक्रमलाई सहयोग गर्नुहुने सबै दाता, सहयोगीहरूलाई आयोजकले विशेष धन्यवाद दिएको छ ।