प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित
बोलन्या थली |
१५ फाल्गुन २०७८, आईतवार
काठमाडौँ : लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी)संसद्बाट अनुमोदन भएको छ । संघीय संसद् अन्तर्गत आइतबार बसेको प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गरेको हो ।
आइतबार दोस्रोपटक बसेको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको हो ।
अर्थमन्त्री जर्नादन शर्माले व्याख्यात्मक घोषणासहित परियोजना अनुमोदन गरियोस् भनि राखेको प्रस्तावमा संसद्को बहुमत सदस्यहरूले सम्झौता पारित गराएका हुन् ।