आगामी स्थानीय निर्वाचनमा युवाहरुलाई नेतृत्व दिनुपर्ने माग

बोलन्या थली | २९ माघ २०७८, शनिबार
आगामी स्थानीय निर्वाचनमा युवाहरुलाई नेतृत्व दिनुपर्ने माग

डडेल्धुराका युवाहरुले आगामी स्थानीय निर्वाचनमा युवाहरुलाई नेतृत्व दिनुपर्ने बताएका छन् ।

जिल्लाको गन्यापधुरा गाँउपालिकाका युवाहरुले आउने स्थानीय चुनावमा युवालाई वडा र पालिकाको जिम्मेवारी दिनुपर्ने माग गरेका हुन् ।

सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरे सगैँ यहाकाँ युवाहरु पनि चुनावी माहोलमा अघि बढेका छन् ।

यहाँको गन्यापधुरा गाँउपालिका वडा नम्बर २ को लाटा कलारी परिसरमा सावीकको गणेशपुर वडा ७ र ९ का युवाहरुले शनिवार टोल भेला गर्दै आगामी स्थानीय चुनावमा युवालाई ल्याउनुपर्ने बताएका हुन् । हाम्रो भन्दा राम्रोलाई आगामी चुनाबमा मतदान गरि आफ्नो मतदानलाई सदुपयोग गर्न उनिहरुले अपिल गरेका हुन् ।

जनाअवजको टिप्पणीहरू