डडेल्धुरा आइडलको पालिका अडिसन भागेश्वरमा सम्पन्न

बोलन्या थली | ५ माघ २०७८, बुधबार
डडेल्धुरा आइडलको पालिका अडिसन भागेश्वरमा सम्पन्न

डडेल्धुरा : डडेल्धुरा आइडलको पालिका अडिसन अन्र्तगत आज भागेश्वर गाउँपालिकामा दोस्रो अडिसन सम्पन्न भएको छ ।

पालिका अडिसनको आयोजक भागेश्वर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा बगरकोट रहेको थियो भने प्रर्बद्धकमा जिल्ला आयोजक खबरदारी मिडिया हाउस रहेको थियो ।

पालिका सहयोगीहरूमा सरस्वती नमुना माध्यमिक विद्यालय बोगटा डडेल्धुरा (कृषि प्राविधिक धार सञ्चालन), शनि देव निमार्ण सेवा, कौशल निमार्ण सेवा, स्वास्थ्य शाखा बगरकोट , समाजसेवी विनय प्रकाश मल्ल, वि.पि.कन्सलिटङग प्लार्नस एण्ड डिजाईन्र्स प्रा.लि. रिभा ईनभाइरोमेन्ट एण्ड ईनिजनियिरिङग सर्भिस कञ्चनपुर भागेश्वर किराना एण्ड स्टेसनरी डुगरी रहेका छन् ।

कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष , शिक्षक कर्मचारी,राजनितिककर्मी,सुरक्षा निकायका प्रतिनिधि लयायताको उपस्थिति रहेको थियो।

कोरोनाको महामारी रहेकाले कार्यक्रममा सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरिएको थियो । पालिका अडिसनका लागि एक विद्यालय बाट १ जना सहभागी गराइएको छ।

पालिका अडिसन बाट ३ जना छनौट भएका छन् । अडिसनमा प्रथम सुरेश कुमार शाही ,द्धितिय सागर विष्ट र तृतीय प्रकाश टेर र दामोदर नाथ भएका छन्। विजयीलाई क्रमशः ७००० ,५०००,३००० नगद सहित सम्मान गरिएको थियो ।

जनाअवजको टिप्पणीहरू