सरकार ! आश्वासनका २९ बर्ष पश्चिम सेती कहिले बन्छ ?

बोलन्या थली | ३० पुष २०७८, शुक्रबार
सरकार ! आश्वासनका २९ बर्ष पश्चिम सेती कहिले बन्छ ?

धनगढी : कैलालीको गेटा विमानस्थलमा बोलन्या थलीले पश्चिम सेती जलविद्युत निमार्णमा दबाब दिनको लागि एक नारा सहित होडिङ्गबोर्ड राखेको छ ।

प्राय जसो भिडभाड हुने स्थल तथा देशका विशिष्ट व्यक्तित्वको आवतजावत हुने स्थानमा थलीले ‘हिजो आशा मर्‍यो, आज जवानी मर्दैछ, भोलि सपना मर्ने छ’ मुख्य नारा भएको होडिङ्गबोर्ड राखेको हो । 

७५० मेघावाट विद्युत् क्षमता भएको पश्चिम सेती जलविद्युत परियोजना अहिले सम्म पनि सञ्चालनमा आउन नसके पछि लामो समय देखि आन्दोलित भएको थलीले विरोध स्वरूप उक्त होडिङ्गबोर्ड राखेको थलीका संयोजक यादव जोशीले बताए । 

‘धनगढी विमानस्थलको परिसरमा पश्चिम सेती निर्माणको लागि सरकारलाई प्रश्न गर्दै आज होडिङ्गबोर्ड राखेका छौ,’ उनले भने,  ‘थलीले यस अघि पनि विभिन्न सङ्घर्षका कार्यक्रम सम्पन्न गरिसकेको अवस्था छ । अबको केही दिनमा हामी प्रधानमन्त्री शेर बहादुर देउवालाई  एक लाख पत्र बुझाउँदै छौँ ।,’  अभियानलाई सहयोग गर्ने  विमानस्थल प्रशासन र जेके होर्डिङ एण्ड सप्लायर्सलाई उनले धन्यावाद व्यक्त गरे ।  

जनाअवजको टिप्पणीहरू