तत्कालीन एमाले नवदुर्गा गाउँ कमिटी नेकपा (एस) मा समाहित


डडेल्धुरा : डडेल्धुरा तत्कालीन नेकपा (एमाले) नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) डडेल्धुरामा समाहित भएको छ।
बिहीबार जिल्ला सदरमुकाममा बसेको चौथो जिल्ला कमिटीको बैठकले तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने निर्णयलाई अनुमोदनसहित स्वागत गर्ने निर्णय गरेको छ।
बैठकले २७ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरेको छ। जिल्ला सचिवालयमा तुलाराम बोहरा, प्रेम साउँद, सुरेन्द्र बिष्ट, कमला साउद, जय बहादुर एर, टेक भण्डारी, डम्बर साउँद, सुरेन्द्र मल्ल, लक्ष्मी गैराल, राजेन्द्र पन्त, छत्र जोशी र राजेन्द्र मगर छन्।
यस्तै, डम्बर थापा, राजु थापा, संगीता भण्डारी, लक्ष्मण पाल, भुवन पाठक, सुरेन्द्र बुढाऐर, धर्म पडाल, गोबडी देब जोशी, पदम बोहरा, जनक मल्ल, प्रेमसिंह धामी, धिरेन्द्र बोहरा, रतन बिष्ट, पदमबहादुर बिष्ट र हर्कबहादुर बिष्ट पनि जिल्ला सचिवालयमा अटाएका छन्।