धनगढी जुनियर जेसिजको अध्यक्षमा जोशी

बोलन्या थली | २१ पुष २०७८, बुधबार
धनगढी जुनियर जेसिजको अध्यक्षमा जोशी

धनगढी,२१ पुस ।  धनगढी जुनियर जेसिजको ७ औ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । निराजन जोशीको नेतृत्वमा धनगढी जुनियर जेसिज वर्ष २०२२ को नयाँ नेतृत्व चयन गरिएको हो ।

जसको निवर्तमान अध्यक्षमा देव राज अवस्थि, कार्यकारिणी उपाध्यक्षमा  प्रियन्सा उप्रेती,शुभम् पनेरु,कानुनी सल्लाहकारमा अविनाश गुरागाईँ, महासचिवमा जगदीश न्यौपाने चयन भएका छन् ।

यस्तै धनगढी जुनियर जेसिजको कोषाध्यक्षमा रुपेश महरा, उपाध्यक्षमा अमित ठगुन्ना,अशारिका शर्मा घिमिरे, चिरञ्जीवी भण्डारी, सागर खनाल, तालिम संयोजकमा पार्वती खत्री चयन भएका छन् ।

शाखा सम्पादकमा भोज राज भट्ट, प्रकरण निर्देशकमा तृप्ति जोशी,वृद्धि संयोजकमा कविता बिस्ट, कोष वृद्धि संयोजकमा आष्तोष चौधरी, जन सम्पर्क अधिकारीमा समियुल न्यौपाने, सूचना प्रविधि संयोजकमा दीपेन्द्र जोशी,सचिवमा सुप्रीया निरौला चयन भएका छन् ।

No description available.

जनाअवजको टिप्पणीहरू