सुदूरपश्चिमको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल

बोलन्या थली | ३ पुष २०७८, शनिबार
सुदूरपश्चिमको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल

नेपाली विधार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले सुदूर पश्चिम प्रदेशको उच्च शिक्षा नीति तथा प्रदेश विश्वविद्यालय स्थापना सम्भाव्यता सम्बन्धी छलफल कार्यक्रम गरेको छ।

सोनसिकका सभापति दीर्घ राज जोशीले कार्यक्रमको औचित्य राख्दै यो एक नयाँ आयाम भएको बताउनु भयो। सुप प्रदेशले सुदूर पश्चिमको समग्र विकाशमा टेवा पुग्ने गरी सुप को उच्च शिक्षा नीति कस्तो हुन पर्ला तथा सुप ले स्थापना गर्न खोजेको वि. वि. के गर्दा सुपको माटो सुहाउँदो र विश्वस्तगरी होला भनेर अध्ययनका लागी कार्य दल बनाएको थियो।

उहिले यो कार्य दलले विभिन्न शैक्षिक व्यक्तित्वहरू सँग सम्वाद गरी सुझाव लिइरहेको छ। आज जुम मार्फत भएको कार्यक्रम फेशबुक तथा रेडियो धनगढिमा प्रत्यक्ष प्रसारण भएको थियो।

अध्ययन कार्य दलका संयोजक डा. खेम राज जोशी, कार्य दल सदस्यहरू तथा कोरिया र अन्य देशमा अध्यापन तथा अनुसंधान दखल राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कोरिया बाट डा। अग्नि राज कोइरालाले कोरियाको शिक्षा प्रणाली बारे राख्नु भएको थियो भने कोरिया बाटे आफ्ना प्राधापन तथा अनुसंधानको अनुभव समेटि डा. ज्ञानेन्द्र जोशीले विषेश सुझाव दिनुभएको थियो।

त्यसैगरी कोरियाका अनुसंधाता डा. दिपेन्द्र खड्का, डा. रामेश्वर पण्डित र डा. यज्ञ पाण्डे लगायतले गहन सुझाव दिँदै वि वि कुनैपनि हालतमा स्वायत्त र स्वतन्त्र हुनुपर्ने बताउनु भयो।

अमेरिकाबाट जोडिएर डा। रमेश पन्तले आफूले डा। शुर्यराज सर्मा सँग काठमाण्डौं वि वि स्थापना गर्दाको अनुभव देखि अमेरिकामा अध्ययन, अनुसंधान तथा प्राधापनको अनुभव सहित गहन सुझाव दिनुभएको थियो। अमेरिका बाटै डा. तारामानले वि.वि. कुनैपनि हालतमा अनुसंधान आधारित र दलीय प्रभाव मुक्त हुनुपर्ने बताउनुभयो।

सारांशमा विश्वविधालय कुनै पनि दलिए विधार्थि संगठन नरहने, कर्मचारी युनियन नरहने, विधार्थिको विकाशका लागी विभिन्न स्वतन्त्र क्लबहरू चाही रहने गरि दुई हजार देखि तिन हजार बिघा जमिनमा वि वि स्थापना गर्ने गरी सरकारलाई सुझावदिने कार्यदलका संयोजकले बताउनु भयो। सम्वादको पूर्ण अंस सोनसिकको यूटुव च्यानलमा हेर्न सकिने छ।

जनाअवजको टिप्पणीहरू