काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

बोलन्या थली | २९ मंसिर २०७८, बुधबार
  • 2
    Shares
काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । 

मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन ।  यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनी दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए।  देउवाले २ हजार ७३३ मत ल्याए । यस्तै शेखर कोइरालाले १ हजार ८५५ मत ल्याए । भने ३५ मत बदर भएको छ । दोस्र‍ो चरणमा ४ हजार ६२३ प्रतिनिधिले मतदान गरेका थिए । 

  • 2
    Shares

जनाअवजको टिप्पणीहरू