अस्मिता धामीका हत्यारालाई पत्ता लगाइ कारबाही गर्न माग


धननगढी : डडेल्धुराकी अस्मिता धामीका हत्यारालाई पत्ता लगाइ कारबाही गर्न माग गरिएको छ। पर्शुराम नगरपालिकाकी कार्यपालिका सदस्य हरि कला धमलाले अस्मितालाई न्याय दिलाउन सरकार संग माग गरेकी हुन् ।
बोलन्या थलीको सेटमा बोल्दै हरि कलाले धामीका हत्यारालाई पत्ता लगाई हदै सम्मको कारबाही गर्न माग गरेकी हुन् ।
यस्तै उनले धामीका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र सन्तानको लालनपालनमा सरकार गम्भिर बन्न प्रदेश र संघ सरकारलाई आग्रह गरेकी छन्।
गत असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको थियो ।
