जिल्ला अधिवेशनको सचिवमा भट्टको उम्मेदवारी

बोलन्या थली | १ मंसिर २०७८, बुधबार
जिल्ला अधिवेशनको सचिवमा भट्टको उम्मेदवारी

डडेल्धुरा : नेपाली काँग्रेसको १४ औ माधिबेशन अन्तरगत मंसिर ६ गते हुने जिल्ला अधिवेशनको सचिवमा चेतराज भट्टले उम्मेदवारी दिने घोषण गरेका छन् । 

नेपाली काँग्रेस डडेल्धुरा कार्यसमितिको सचिवमा भट्टले उम्मेदवारी दिने घोषणा गरेका  हुन्  । 

गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहेका भट्टले पार्टीलाई बलियो र अहिलेको प्रविधि शीत समेत चलायमान बनाउन नेपाली काँग्रेस डडेल्धुरा कार्यसमितिको सचिव पदमा आफ्नो उम्मेदवारी रहेको बताए।

अहिले पनि जिल्लामा पार्टीको कार्यमा सक्रिय रहेकाले सबैले सहयोग गरिदिन समेत उनले आग्रह गरेका छन् ।  युवा माझ निकै लोकप्रिय  रहेका भट्ट माओवादीबाट काँग्रेसमा प्रवेश गरेका थिए । माओवादीमा छँदा भट्ट पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका स्वकीय समेत रहेका थिए । 

जनाअवजको टिप्पणीहरू