धनगढीमा जेसीजको वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बोलन्या थली |
१४ कार्तिक २०७८, आईतवार
धनगढीमा जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ। धनगढी जेसीजले एक साता विभिन्न कार्यक्रमका गर्दै सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा जानभी जोशी प्रथम भएकी छन्। यस्तै दृतिय मिनेन्द्र यादव र सुस्मिता सुवेदी तृतीय भएकी छन्।

प्रतियोगितामा प्रथमलाइ पाँच हजार, दृतियलाइ तीन हजार र तृतीयलाइ दुई हजार प्रदान गरिएको छ। कार्यक्रमको अध्यक्षता कमल पनेरुले गरेका थिए भने कार्यक्रमको संयोजक देवराज अवस्थी थिए।



