जेसीजको सप्ताह अन्तर्गत तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न

बोलन्या थली | १२ कार्तिक २०७८, शुक्रबार
जेसीजको सप्ताह अन्तर्गत तेस्रो दिन  रक्तदान कार्यक्रम सम्पन्न

धनगढी।   धनगढी जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन (आज) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

धनगढीका विभिन्न स्थानहरूमा एक साता फरक फरक कार्यक्रमका साथ जेसीजले सप्ताहव्यापी कार्यक्रम मनाउँदै आइरहेको छ ।

त्यही अनुसार आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको धनगढी जेसीजका अध्यक्ष कमल पनेरुले बताए ।

बुधवार वाट सुरु भएको  उक्त सप्ताहव्यापी कार्यक्रममा कपडा वितरण गर्दै कार्यक्रमको सुरुआत गरिएको थियो । भने दोस्रो दिन स्लो बाईक र साइकल रेस सम्पन्न गरेको थियो ।

यस्तै सप्ताहव्यापी कार्यक्रमकै चौथो दिन भोलि मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने धनगढी जेसीजले जनाएको छ । 

जनाअवजको टिप्पणीहरू