पहिरोले भत्काएको विद्यालय मर्मत गर्न सांसद मल्लले दिए १ महिनाको सेवासुविधा

बोलन्या थली | ९ कार्तिक २०७८, मंगलवार
पहिरोले भत्काएको विद्यालय मर्मत गर्न सांसद मल्लले दिए १ महिनाको सेवासुविधा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले आफ्नो एक महिनाको तलब तथा सेवा सुविधा विद्यालय मर्मत गर्न प्रदान गरेका छन्।

आइतबार रातिदेखि ३ दिनसम्म परेको अविरल वर्षाका कारण भत्किएको डडेल्धुराको गन्यापधुारा गाउँपालिका–२ मा रहेको गणेश माध्यमिक विद्यालय मर्मतका लागि उनले रकम दिएका हुन्। 

नेपाली कांग्रेस डडेल्धुराका सभापति समेत रहेका मल्लले बडालमा रहेको उक्त विद्यालय मर्मतका लागि विद्यालयको खातामा ४१ हजार जम्मा गरेको कांग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले बताए।

जनाअवजको टिप्पणीहरू