देउवा र मल्लले छलफल गरेर सहमतिमा अघि बढ्नु पर्छ : कार्की

बोलन्या थली | १ कार्तिक २०७८, सोमबार
देउवा र मल्लले छलफल गरेर सहमतिमा अघि बढ्नु पर्छ : कार्की

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ का वडाध्यक्ष तथा नेपाली काङ्ग्रेस गन्यापधुरा गाउँपालिका सभापति इन्द्र कार्कीले काङ्ग्रेसमा भएको विवादलाई पार्टी सभापति शेरबहादुर देउवा र जिल्ला सभापति कर्ण मल्लले छलफल गरेर सहमतिमा अघि बढ्नु पर्ने बताए छन् ।

सोमबार बोलन्या थलीको सेटमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले पार्टी भित्र र बाहिर अत्याचार,गल्ती प्रवृत्तिका विरुद्ध बोल्न सक्ने सशक्त व्यक्ति पार्टीमा आवश्यक रहेको बताए ।

पालिका अधिवेशनमा आफूमाथि अनेक आरोप लगाएतापनी गन्यापधुरा काङ्ग्रेस क्रियाशील सदस्य गाउँपालिकाको सभापति निर्वाचित गराएको बताए ।

अब गाउँमा चुनावका बेला पर्यटक नेता, चाकरी र आशीर्वादमा चल्ने नेतालाई छोडेर सक्षमका आधारमा नेतृत्व लिन सक्ने व्यक्तिलाई डडेल्धुरा काङ्ग्रेस कार्यकर्ताले नेतृत्वमा पुर्‍याउने पनि विश्वास गरे ।

यस्तै उनले गाउँपालिकामा रहेका धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गर्ने सके गाउँपालिकाको विकासको आधार रहेको बताए ।

वडाध्यक्ष कार्कीले गन्यापधुरा गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल गन्याप शिखर, गन्याप ताल पर्यटकीय सम्भावना बोकेका यी क्षेत्रलाई कम्तीमा पर्यटक जोड्न सके गाउँपालिकाको आम्दानीको मुख्य स्रोत बन्ने र गाउँपालिकामा रहेको गरिबी,अभावसँग लड्ने आधार रहने उनको बताए ।  

जनाअवजको टिप्पणीहरू